+
+
Shares

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिश गोर्खाहरुलाई सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १८:२६

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।’

आफूहरु विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरु बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन् ।

त्यसअङि गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?