+
+
Shares

दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. शेखर कोइरालाले कांग्रेसभित्रको विवाद टुंग्याउन संस्थापन र इतर पक्षलाई दुवै महाधिवेशन रोक्न आग्रह गरेका छन्।
  • उनले आसन्न दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पर्ने भन्दै मध्यमार्गी समझदारी खोज्न भनेका छन्।
  • कोइरालाले आफू आरोपित भइरहेको तर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाही भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ कोइरालाले भनेका छन्, ‘यो रोकांै, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’

आफूले विगतमा पनि यस्तै प्रयत्न गरेको र अहिले पनि त्यही काममा लाग्ने जिकिर गरेका छन् ।

उनले यो मध्यमार्गी बाटो कठिन भएको तर सत्य पनि यही भएको जिकिर गरेका छन् ।

‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ कोइरालाले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’

आफू आरोपित भइरहेको तर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाही आफू रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?