+
+
Shares

कर्णाली प्रादेशिक अस्पताल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
  • उनले क्याथल्यावको मेसिन जडान भएको दुई वर्ष बित्दा पनि कार्डियोलोजिस्ट नभएकाले बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पताल र काठमाडौं रिफर गर्नुपरेको बताए।
  • खड्काले कर्णालीको विकटता, गरिबी र सडक दुर्घटनाका कारण हेलिकप्टरबाट ल्याइएका गम्भीर बिरामीलाई समेत न्यूरो उपचार नहुँदा समस्या भएको उल्लेख गरे।

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए ।

कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई वर्ष भइसक्दा पनि कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध नभएको उनले बताए ।

‘हामी सबैलाई थाहा छ कर्णाली सबैभन्दा दुर्गम प्रदेश हो । विकासको हिसाबले पनि पछाडि परेको छ । र  कर्णाली प्रादेशिक अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकहरूको अभाव छ । क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसकेको छ । कार्डियोलोजिस्ट डाक्टर त्यहाँ हुनुहुन्न । न्युरोलोजिष्ट डाक्टरसाब पनि त्यहाँ हुनुहुन्न,’ उनले भने ।

यस्तै, अस्पतालमा न्यूरोलोजिस्ट चिकित्सकसमेत अभाव रहेको बताउँदै उनले कर्णालीको भौगोलिक विकटता, गरिबी र सडक दुर्घटनाका कारण गम्भीर अवस्थाका बिरामीलाई हिमाली क्षेत्रबाट समेत हेलिकप्टरमार्फत अस्पताल ल्याउने गरिएको उल्लेख गर्दै खड्काले न्यूरोसम्बन्धी उपचार नहुँदा समस्या हुने गरेको बताए ।

‘कर्णाली प्रदेश विकट प्रदेश हो । गरिबी छ, अशिक्षा छ । भूगोल एकदमै नमिलेको छ । गाडी र सवारी साधनहरू पनि बाटोको कारणले गर्दाखेरी धेरै दुर्घटना हुने गरेको छ । विभिन्न हिमाली क्षेत्रबाट समेत हेली रेस्क्यू गरेर बिरामीहरूलाई त्यहाँ ल्याइन्छ,’ उनले भने, ‘तर त्यहाँ टाउकोको उपचार नहुने समस्याको कारणले गर्दाखेरी अधिकांश विरामीहरू न्यूरो विशेषज्ञले हेर्नुपर्ने विरामीहरू लुम्बिनी प्रादेशिक अस्पतालमा र काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको छ । त्यसैले प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिष्ट डाक्टरको तत्काल उपलब्धता हुनुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?