+
+

महिला फुटबल टोलीलाई बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १८:५६

२८ भदौ, काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।

टोली सोमबार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेण्डर पूनम जर्घामगरले भने उज्वेकिस्तानको भ्रमण गुमाउनेछिन् । मुटुको समस्या देखिएपछि पूनम टोलीमा नपरेकी हुन् ।

मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको र छनोट खेल नेपालका लागि ठूलो मौका भएको मुख्य प्रशिक्षक फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने उनको विश्वास छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोट खेलमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?