+
+

मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ६:३३

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् ।

मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ ।

आइतबार लियोनविरुद्धको खेलमा मेस्सीलाई सब्सिच्युट गरेको विषय चर्चामा रहँदा प्रशिक्षक माउरिसियो पोचेटिनोले सम्भावित चोटबाट जोगाउन त्यसो गरेको प्रतिक्रिया दिएका थिए ।

मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् ।

पीएसजीले मेसीले ४८ घण्डाभित्र फेरि फलोअप गर्नुपर्ने समेत जनाएको छ ।

३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए ।

उनले पीएसजीका लागि सुरुआती तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् ।

पीएसजीले आगामी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिगमा खेल्दैछ । मेसीले उक्त खेल पनि गुमाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?