+
+

किन ‘बेमौसमी बाजा’ बजाउँदै छन् लिजेन्ड कलाकार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते ११:३८

नेपाली चलचित्र क्षेत्र डेढ बर्षदेखि ठप्प छ । कोरोना महामारीका कारण सयौं बेरोजगार बनेका छन् । चलचित्रकर्मीहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्तो अन्यौलग्रस्त अवस्थाबाट अगाडि बढेको समयमा नेपाली चलचित्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बहस हुनुपर्ने हो ।

तर, नेपाली चलचित्रका लिजेन्ड कलाकारहरु नै यतिबेला अनावश्यक बहसमा रुमल्लिएको देख्न सकिन्छ । नायिका वर्षा सिवाकोटीले बुधबार लेखेको एक स्टाटसले पनि यही कुरा भन्न खोजेको छ । वर्षाले चलचित्र क्षेत्र चलायमान बनाउनका लागि हुनुपर्ने बहस अन्यत्र मोडिएको भन्दै दुःख व्यक्त गरिन् । यस्तै, सोचाई धेरै चलचित्रकर्मीको छ ।

तर, चलचित्र ‘डाँडाको वर पीपल’को पत्रकार सम्मेलनमा नायकद्धय भुवन केसी र शिव श्रेष्ठले चलचित्र क्षेत्रको बहस नै अन्यत्र मोडिदिए । उनीहरुले, चलचित्र क्षेत्रको ‘महानायक र महानायिका’ को हो भन्नेमा ध्यान केन्द्रित गर्दा चलचित्र क्षेत्र फेरि अनावश्यक विवादमा रुमल्लिएको छ । सामाजिक संजालमा यी दुई लिजेन्ड कलाकारले दर्शकको गाली व्यहोर्नुपरेको छ । यो उमेरमा आएर दर्शकको अप्रिय गाली व्यहोर्नुपर्ने अवस्थामा शिव र भुवन जस्ता कलाकार पुग्नु सुखद कुरा हुँदै होइन ।

भुवन केसी, शिव श्रेष्ठ जस्ता कलाकारहरुले यो समयमा नेपाली चलचित्रलाई अगाडि बढाउनका लागि के गर्न सकिन्छ भन्ने बिषयमा बहस गर्नुपर्ने हो । तर, अनावश्यक बिषयमा बहस गरेर उनीहरुले २–४ दिन मिडियामा तरंग त ल्याएका छन् । तर, यो बहसले चलचित्र क्षेत्रलाई खासै फाइदा भने गर्दैन ।

अर्कोतिर, आम दर्शक तथा चलचित्रकर्मीले ‘महानायक’ भन्दै उच्च सम्मान दिएका नायक राजेश हमालले पनि चलचित्र क्षेत्रलाई अगाडि बढाउनुपर्ने बिषयमा बहस गर्नुपर्ने हो । ‘एमसीसीदेखि बेलायतको संसदमा भएको नेपालबारेको बहस’का बिषयमा मध्यरातमा आफ्नो भनाई सार्वजनिक गर्ने हमालले चलचित्र क्षेत्रको अवस्था विकराल बन्दा पनि कुनै कुरा राख्न सकेका छैनन् । के साच्चिकै, नेपाली चलचित्रका लिजेन्ड कलाकारबाट चलचित्रकर्मी र दर्शकले गर्ने आशा यही नै हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?