+
+

भारतीय नागरिकको मृत्युपछि टिपरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १८:३६

१० असोज, जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् ।

जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना.७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी ४० बर्षीय आनन्दकिशोर साहको मृत्यु भएको छ ।

ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नापछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । टिपरको अधिकांस भाग जलेको छ ।

ठक्कर दिने टिपरका चालकलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?