+
+

विश्वका टप २५० एमएसएसपीमध्ये भैरव टेक्नोलोजी १५१औं स्थानमा, एसियामा टप १५

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:२०

काठमाडौ‌ं । नेपालमा स्थापित भैरव टेक्नोलोजी, विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा र एसियामा उत्कृष्ट १५ मा पर्न सफल भएको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको हो ।

साइबर सेक्युरिटीको विश्वमा प्रसिद्ध भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसी (सेक्युरिटी अपरेशन्स सेन्टर) को साइबर थ्रेट मनिटरिङ सिस्टम (सीटीएमएस)मार्फत कम्पनीहरुलाई साइबर सुरक्षा प्रदान गर्दछ ।

नेपालमै बनेको र विभिन्न प्रावधानहरुबाट प्रयोगमा ल्याइएको भैरवको ईन–बिल्ट सफ्टवेयर भैरव सीटीएमएसले आर्टिफिसियल इन्टेलिजेन्स, थ्रेट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साइबर सेक्युरिटी एनलिस्टहरुको समूह) को संयोजनबाट कम्पनीहरुको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी २४सै घण्टा, ३६५ दिन ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साइबर सुरक्षा दिने कार्य गर्दै आएको कम्पनीले जनाएको छ ।

नेपालमा पहिलोपटक यस किसिमको साइबर सुरक्षा प्रणाली सुचारु गरेको भैरवले आवासीय र गैरआवासीय कम्पनीहरुसँग साझेदारी गरी विविध सेवाहरु समेत दिँदै आएको छ ।

भीए–पीटी (भल्नरेबिलिटी असेसमेन्ट – पेनिट्रेशन टेस्टिङ), व्यवस्थित जीआरसी सेवा, इन्फरमेसन सिस्टम अडिट, साइबर सेक्युरिटीको जानकारी र विविध सेवा समेत उपलब्ध गराउँदे आएको कम्पनीको भनाइ छ ।

यसैगरी अधिक आरओआई (रिर्टन अफ इन्भेस्टमेन्ट), निम्न परिचालन लागत र अन्य व्यापारिक लाभार्थहरु पनि यस कम्पनीले प्रदान गर्ने भएका कारण नेपालका विभिन्न “क” वर्गका वित्तीय संस्थालगायत आईटी कम्पनीहरुले भैरवको साइबर सेक्युरिटीको सेवासुविधाहरु प्रयोग गरिरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?