+
+

सिद्धूले दिए पञ्जाब कांग्रेसको अध्यक्षबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:११

१२ असोज, काठमाडौं । नवजोत सिद्धूले भारतको पञ्जाब कांग्रेस कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यद्यपि आफू आगामी दिनमा पनि कांग्रेस पार्टीमै रहने उनले बताएका छन् ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेख्दै उनले राजीनामा दिएका हुन् । गान्धीलाई लेखेको पत्रमा उनले मानिसको पतन सम्झौताको माध्यमबाटै हुने भन्दै भविष्यमा पनि पञ्जाबका मानिसको कल्याणको एजेन्डामा कहिले पनि सम्झौता गर्न नसक्ने बताएका छन् । उनले आफूले कांग्रेसबाट सेवा भने जारी राख्ने बताएका छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीले भने सिद्धूको राजीनामाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भनेका छन्, ‘मलाई यसबारेमा अहिले कुनै जानकारी छैन । म सिद्धूजीसँग बसेर यस विषयमा कुरा गर्नेछु ।’

यसअघि कांग्रेसका शीर्ष नेताहरुले आगामी विधानसभा निर्वाचन नवजोत सिद्धू र मुख्यमन्त्री चरणजित सिंह चन्नीको नेतृत्वमा लड्ने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?