+
+

बागमती सेभेन्स रग्बीको उपाधि भक्तपुरलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १९:४७

१७ असोज, काठमाडौं । प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ । मध्यपुरथिमिमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टले उपाधि जितेको हो ।

भक्तपुरले खेल अवधिभर ३ ट्राइ गर्दा एकपटक कन्भर्सन गरेको थियो । एक ट्राइ बराबर ५ अंक र एक कन्र्भज बराबर २ अंकका हिसाबले ३ ट्राइको १५ र १ कन्भर्जको २ गरी १७ अंक ल्याएको हो । नुवाकोट रग्वीले भने एक ट्राइ गरेको थियो ।

पुरुषतर्फको उपाधि विजेता भक्तपुर रग्बीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको नुवाकोट रग्बीले १० हजार रुपैयाँ प्राप्त ग¥यो । भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको थियो ।

नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ ७ टोली र महिलातर्फ ३ टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?