
१९ असोज, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन तस्करीको आरोप खेपिरहेका ४८ जनाले सफाइ पाएका छन् । ७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ५६ जना पक्राउ परेका थिए । तीमध्ये ४८ जनाले सफाइ पाएका हुन् ।
हत्या अभियोगमा गोरेसहित ८ जना दोषी ठहर भएका छन् । ७७ मध्ये २१ जना फरार छन् । तत्कालीन एसएसपी (हाल डीआईजी) दिवेश लोहनी, एसएपपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, पूर्व डीआईजी गोविन्द निरौला, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्काले सफाइ पाए ।
विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, गोरेकी श्रीमती निरु भन्ने नर्वदा खरेल उप्रेती, चाचाजी भन्ने चेतनाथ भण्डारी, र प्रमोदबहादुर श्रेष्ठले सफाइ पाएका छन् ।
यसैगरी हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले सफाइ पाएका छन् ।
त्यस्तै अमरमान ढंगोल, मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्काले सफाइ पाएका छन् ।
सुन तस्करी मुद्दाका २१ जना प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
सुन मुद्दा लागेका सुरेन्द्र गौतम, मोहम्मद सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती, कलम कार्की, मणिराज चौलागार्इं, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओमप्रकाश नेवार, आरबी भन्ने सन्दीप खड्का फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ ।
अदालतले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको छ । गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको हो ।
राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ । कैद भुक्तान गरेका राजन कुमार र माधव घिमिरेसहित मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका २१ जना मंगलबार नै छुटेका छन् ।
सुन मुद्दामा क्षेत्रीय कारागार झुम्कामा १६, जिल्ला कारागार विराटनगरमा १, केन्द्रीय कारागारमा २ र डिल्लीबजार कारागारमा एक जना थिए । सफाइ पाएकाहरु छुटेका छन् ।
प्रतिक्रिया 4