२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्ल बनेका छन् ।
बुधबार र बिहीबार काठमाडौंमा बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त सचिव पदमा केन्द्रीय सदस्य मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले असोज १३ गते पदबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत गर्दै क्यान कार्यसमितिले उनीहरुलाई धन्यवाद दिएको छ ।
क्यानले आगामी वार्षिक साधारणसभा डिसेम्बरको १५ तारेखमा गर्ने निर्णय पनि गरेको छ । संघको बैठकले कर्णालीको कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिम जिल्ला क्रिकेट संघलाई मान्यता दिएको छ ।
प्रतिक्रिया 4