२४ असोज, काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ ।
समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४-० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत पुगेको छ ।
डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, सिमोन केयर, क्रिस्टियन नोगार्ड र योकिम माहलेले गोल गरे ।
लगातार सात जितपछि डेनमार्क २१ अंक जोडेर शीर्ष स्थानमा छ । मोल्डोभो १ अंकसहित पुछारमा छ ।
दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ खेलबाट १४ अंक छ । डेनमार्कले अब मंगलबार हुने खेलमा अष्ट्रियालाई पराजित गरेमा विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4