+
+

दुई महिनामै अभूतपूर्व उत्साह देखियो : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते २३:०७
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा ।

५ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजावादी) ले पार्टी गठनको दुई महिना अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी पार्टी गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको उल्लेख गरेका हुन् । ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’, वक्तव्यमा भनिएको छ ।

८ भदौमा दल दर्ताको मान्यता पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र चार गैरभौगोलिक जिल्ला कमिटी बन्नुलाई उपलब्धी मानेको छ । बाढी, पहिरो र डुवानका कारण केही समस्या आएपनि पार्टी संगठन निर्माण कार्य तीव्र रहेको पनि वक्तव्यमा उल्लेख छ ।

यो अवधिमा केन्द्रीय कमिटीले पूर्णता पाएको र नेताहरुको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीको मुखपत्रका रुपमा ‘समाजवाद’ र गतिविधि प्रकाशन गर्न ‘कलम’ बुलेटिन प्रकाशनको तयारीमा रहेको पनि जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?