+
+

‘उचाई’मा अनुपम र बोमनसँग परमिता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १३:३२

नेपालको पर्यटकिय गन्तव्य मनाङमा बलिउड चलचित्र ‘उचाई’को छायांकन भैरहेको छ । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परणिती चोपडाले यो चलचित्रमा काम गरिरहेका छन् । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ ।

यो चलचित्रको छायांकनका क्रममा नेपालका रमणीय दृश्यमा मुख्य कलाकारहरु रमाएका छन् । अनुपम, बोमन र परिणितीले सार्वजनिक गरेका तस्वीरले पनि यो कुराको पुष्टी गर्दछ । यो चलचित्रमा केही नेपाली कलाकारको पनि अभिनय छ । जसमा नायिका परमिता आर एल राणाले पनि काम गरिरहेकी छिन् । परमिताको यो चलचित्रमा कस्तो भूमिका छ, त्यो खुलेको छैन ।

नायिका परमिताले बलिउड कलाकारद्धय अनुपम खेर र बोमन इरानीसँगको एक तस्वीर शेयर गरेकी छिन् । तस्वीर शेयर गर्दै उनले आफू बलिउडका सफल कलाकारहरुसँग काम गर्न पाउँदा कृतज्ञ रहेको उल्लेख गरेकी छिन् ।

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुले बलिउड कलाकारहरुसँगको तस्वीर दैनिकजसो सामाजिक संजालमा शेयर गरेको देखिन्छ । यस्तै, बलिउड कलाकारहरुले पनि नेपालीहरुको स्वागतले आफूहरु उत्साहित भएको भन्दै तस्वीर शेयर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?