+
+

ग्लोबल आइएमईको नाफा बढ्यो, ३ महिनामा कमायो १११ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:२०

१५ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा ५.०४ प्रतिशतले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले एक अर्ब ५ करोड ८८ लाख रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो ।

बैंकको नाफामा वृद्धि भएपनि प्रतिशेयर आम्दानी भने बढ्न सकेन । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?