+
+

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७८’ फागुन ७ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १५:५०

१७ कात्तिक, काठमाडौं । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ आगामी फागुन ७ गते हुने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितालाई व्यवस्थित गर्न २१ वटा उपसमिति गठन गरी तयारी अगाडि बढेको जानकारी दिएको छ ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई सहरकै उत्सवको रुपमा मनाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्दै आइरहेको मञ्चले जानकारी दिएको छ ।

मञ्चले म्याराथनका विजेतालाई दिने पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । खुला म्याराथनमा पहिलो हुने व्यक्तिले ४ लाख, दोस्रो हुनेले २ लाख, तृतीय हुनेले १ लाख र सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने मञ्चले जनाएको छ ।

आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजना रहेको र पुरस्कार राशी १० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको मञ्चले जनाएको छ ।

यसैगरी १० किमी पुरुष तथा महिला, ५ किमी छात्र÷छात्रा, ह्विल चेयर तथा दृष्टिविहीन पुरस्कार राशीमा समेत वृद्धि गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ ।

१६ औं संस्करणको म्याराथनको कुल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने अनुमान मञ्चले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?