+
+

अष्ट्रेलिया बन्यो टी-२० विश्व च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २३:१८

काठमाडौं । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

सर्वाधिक ५ पटक ओडीआई विश्वकप जितेको अष्ट्रेलिया दोस्रो पटक फाइनल खेल्दा उपाधि जित्न सफल भयो । यसअघि सन् २०१० को फाइनलमा अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएको थियो ।

पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो । सन् २०१५ को ओडीआई विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो ।

युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरेपछि केन विलयम्सको ८५ रनलाई छायामा पार्यो ।

न्यूजिल्याण्डले दिएको १७३ रनको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा मिचेल मार्श र डेभिड वार्नरले अर्धशतक प्रहार गरे । मार्सले अविजित ७७ रन बनाउदा वार्नले ५३ रन जोडे । ग्लेन म्याक्सवेलले अविजित २८ रन बनाए । अष्ट्रेलियाले तेस्रो ओभरमै कप्तान आरोन फिन्च (५) लाई गुमाउँदा टिमको स्कोर १५ थियो । तर  अर्का ओपनर वार्नरले मिचेल मार्शले ९२ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स अघि बढाए । वार्नर ५३ रन बनाएर १३औं ओभरमा आउट भए । ३८ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेका वार्नरलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए ।

त्यसपछि मार्शले ग्लेन म्याक्सवेलसँग मिलेर अष्ट्रेलियालाई जित दिलाए । उनीहरूले तेस्रो विकेटका लागि अविजित ६६ रनको साझेदारी गरे । मार्शले ५० बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा अविजित ७७ रन बनाए । म्याक्सवेलले १८ बल खेल्दै ४ चौका र १ छकक् मद्दतमा अविजित २८ रन जोडे ।

न्यूजिल्याण्डका लागि बोल्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले कप्तान केन विलियम्सको शानदार ब्याछटिङ मद्दतमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । विलयम्सनले ४८ बल खेल्दै १० चौकार ३ छक्का मद्दतमा ८५ रन बनाए । विलयम्सनले टी-२० विश्वकपको फाइनलमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने मरालो स्यामुएल्सको कीर्तिमान समेत बराबरी गरे । यस्तै मराटिन गप्टिलले २८, ग्लोन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए । जिम्मी निशम १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै एडम जाम्पाले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । मंहगा साविक भएका मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चिएर विकेटविहीन बने ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?