+
+

क्रिकेटको मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्यीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १८:४३

३० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोटका लागि पाँच सदस्यीय छनौट समिति गठन गरेको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समिति कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् भने अन्तर्राष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहने छन् ।

क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि आवेदन खुला गरेको थियो । जसमा ६० जनाले आवेदन दिएका थिए । यसबाट सर्ट लिस्ट गरेर अन्तर्वार्ता लिने क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको छ ।

यस्तै बैठकले क्यानको वार्षिक साधारण सभा आगामी पुस १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरेको छ । यस्तै संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघहरुको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।

यसैगरी बैठकले संघको आर्थिक कार्यविधि पारित गरेको छ । यस्तै प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस १५ गतेभित्र सम्पन्न गर्ने लगायतका निर्णयहरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?