+
+

‘माइतीघर २’का लागि लगानी खोज्दै सिक्किम पुगे भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १३:०३

१ मंसिर, काठमाडौं । सिक्किम सरकारले विश्वका जुनसुकै भाषामा बन्ने चलचित्रको छायांकन सिक्किममा गरेको खण्डमा १ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । सिक्किमका एक मन्त्री केही महिना अगाडि नेपाल आएर चलचित्र छायांकनका लागि सिक्किम आउन आग्रह पनि गरे ।

१ करोड ६० लाख रुपैयाँमा चलचित्र नै निर्माण गर्दै आएका कैयौं निर्माताका लागि सिक्किम सरकारको यो अफर ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ । अहिले नेपाली निर्माताहरु पालैपालो सिक्किम  पुगिरहेका छन् ।

नायक भुवन केसी पनि केही दिनअघि सिक्किम पुगे । उनी निर्माता राजेश घतानीलाई साथमा लिएर सिक्किम पुगेका हुन् ।

भुवनले होम प्रोडक्सनको तीनवटा चलचित्र ‘एन्टी हिरो, पारस र माइतीघर २’ घोषणा गरिसकेका छन् । तर, यी तीनवटै चलचित्र बन्छन् बन्दैनन् पक्का छैन । बुझिएअनुसार भुवन सिक्किम सरकारको अफरबारे विस्तृतमा बुझ्न सिक्किम पुगेका हुन् ।

उनी चलचित्र ‘माइतीघर २’ छायांकन सिक्किममा गर्न चाहन्छन् । अहिले चलचित्र ‘बाबरी’को छायांकन सिक्किममा भइरहेको छ ।

सिक्किम सरकारको योजना अनुसार काम अगाडि बढे अब केही समय नेपाली चलचित्रमा त्यहाँका रमणीय दृश्य र स्थानीय कलाकारलाई हेर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?