+
+

विन्टर सिजनमा हुने अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तव्यमा कति उडान ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १४:४२

२ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि तोकेको विन्टर सिजनमा हुने उडान तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौंलाई जोड्ने गरी अनुमति पाएका छन् ।

स्वीकृति तालिका अनुसार कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाली एयरलाइन्सको उडान संख्या धेरै छ । कतार एक्लैले दैनिक पाँच वटा सम्म उडान गर्न अनुमति लिएको छ ।

सातामा २३० हाराहारी उडानले काठमाडौंलाई विभिन्न गन्तव्यमा जोड्नेछन् । यस अनुसार दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति जारी भएको छ । यो तालिकामा नेपाल र भारतको उडानका लागि दैनिक दुई उडानको मात्र तालीका स्वीकृत भएको छ । पछिल्लो समय नेपाल र भारत सरकारबीच यस्तो उडान बढाएर दैनिक ८ वटासम्म पु¥याउने तयारी छ ।

कुन गन्तव्यमा कति र कहिले उडान ?

एयर अरेबिया

  • शारजहा–काठमाडौं–शारजहा : दैनिक तीन उडान
  • आबुधावी–काठमाडौं–आबुधावी : दैनिक उडान

एयर इण्डिया

  • नयाँ दिल्ली–काठमाडौं–नयाँ दिल्ली : दैनिक एक उडान

एयर चाइना

  • छेङ्दु–काठमाडौं–छेङ्दु : दैनिक एक उडान

विमान बंगलादेश

  • ढाका–काठमाडौं–ढाका : दैनिक एक उडान

चाइना साउदर्न एयरलाइन्स

  • ग्वाङझाओ–काठमाडौं–ग्वाङझाओ : दैनिक दुई उडान

चाइना इस्टर्न

  • कुनमिङ–काठमाडौं–कुनमिङ : हरेक मंगलबार

फ्लाई दुबई

  • दुबई–काठमाडौं–दुबई : दैनिक तीन उडान

हिमालय एयरलाइन्स

  • काठमाडौं–क्वालालाम्पुर–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–दुबई–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–दोहा–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–आबुधावी–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–ढाका–काठमाडौं : दैनिक एक उडान

जजिरा एयरवेज

  • कुवेत–काठमाडौं–कुवेत : दैनिक एक उडान

कोरियन एयर

  • इन्चेन (द. कोरिया)–काठमाडौं– इन्चेन (द. कोरिया) : सोमबार र बुधबार

मालिन्दो एयर

  • क्वालालाम्पुर–काठमाडौं– क्वालालाम्पुर : मंगलबार, बुधबार, बिहीबार र शनिबार

मलेसिया एयरलाइन्स

  • क्वालालाम्पुर–काठमाडौं–क्वालालाम्पुर : सोमबार, मंगलबार, बुधबार, बिहीबार (एक/एक) र शुक्रबार (दुई उडान)

नेपाल एयरलाइन्स

  • काठमाडौं–दोहा–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–दुबई–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–क्वालालाम्पुर–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–नयाँ दिल्ली–काठमाडौं : दैनिक एक उडान
  • काठमाडौं–नारिता (जापान)–काठमाडौं : हरेक मंगलबार
  • काठमाडौं–हङकङ–काठमाडौं : मंगलबार, बिहीबार र शनिबार
  • काठमाडौं–बैंकक–काठमाडौं : सोमबार र शुक्रबार

कतार एयरवेज

  • दोहा–काठमाडौं–दोहा : दैनिक पाँच उडान

सलाम एयर

  • मस्कट (ओमान)–काठमाडौं– मस्कट (ओमान)

टर्किस एयरलाइन्स

  • इस्तानबुल–काठमाडौं–इस्तानबुल : ३० नोभेम्बरसम्म (सोमबार, मंगलबार, बिहीबार र शनिबार), १ डिसेम्बरपछि (सोमबार, बिहीबार र शनिबार)

सिंगापुर एयरलाइन्स

  • सिंगापुर–काठमाडौं–सिंगापुर : आइतबार, मंगलबार, बुधबार र शुक्रबार

श्रीलंकन एयरलाइन्स

  • कोलम्बो–काठमाडौं–कोलम्बो : सोमबार, मंगलबार, बिहीबार र शनिबार

सिचुआन एयरलाइन्स

  • छेङ्दु–काठमाडौं–छेङ्दु : आइतबार, सोमबार, बुधबार र शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?