+
+

झण्डै ३० लाख युरोमा लिलामी हुँदै आइन्स्टाइनको एक दुर्लभ हस्तलिपी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १४:३४

६ मंसिर, काठमाडौं । महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको एक दुर्लभ तथा बहुमूल्य हस्तलिपी लिलामी हुँदैछ ।

आइन्स्टाइनको उक्त हस्तलिपी पेरिसमा लिलामी हुन लागेको हो । आयोजकले २० देखि ३० लाख युरोमा उनको हस्तलिपी लिलामी हुने अपेक्षा गरेका छन् । लिलामी हुन लागेको हस्तलिपीमा सापेक्षताको सिद्धान्तका लागि उनले गरेको पूर्वतयारीबारे उल्लेख गरिएको छ ।

आगुते कम्पनीको तर्फबाट लिलामीको आयोजना गरेको क्रिस्टिज कम्पनीले एक विज्ञप्तिमा उक्त हस्तलिपी आइन्स्टाइनको हालसम्मकै बहुमूल्य भएको बताएको छ ।
‘हाल लिलामी गर्न लागिएको हस्तलिपी आइन्टाइनको हालसम्मकै बहुमूल्य हस्तलिपी भएकोमा कुनै शंका छैन’, क्रिस्टिजले भन्यो ।

लिलामी हुन लागेको ५४ पृष्ठ लामो हस्तलिपी सन् १९१३ देखि १९१४ मा आइन्स्टाइन र उनका सहयोगी मिचेल बेसोले ज्यूरिकमा हातैले लेखेका थिए ।

बेसोका कारण भावी पुस्ताका लागि बहुमूल्य हस्तलिपी सुरक्षित रहन सकेको क्रिस्टिजले बताएको छ । आइन्स्टाइन आफैंले उक्त हस्तलिपीलाई साधारण दस्तावेज मानेर सुरक्षित राख्न जरुरी नदेखेको तर बेसोले भने जोगाएर राखेको हुनाले यसलाई ‘लगभग एक चमत्कार’ को रुपमा लिनुपर्ने पनि क्रिस्टिजको भनाइ छ ।

जर्मनीमा जन्मिएका आइन्स्टाइनलाई २०औ शताब्दीको सबैभन्दा महान वैज्ञानिक मानिन्छ । सन् १९२१ मा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाएपछि एक प्रतिभावान वैज्ञानिकको रुपमा उनको सर्वत्र चर्चा भएको थियो ।

सन् १९५५ मा ७६ वर्षको उमेरमा उनको निधन भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?