+
+

बुटवलमा दलित महिला संघको प्रादेशिक सम्मेलन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:३२

७ मंसिर, बुटवल । दलित महिला संघको प्रदेशस्तरीय सम्मेलन बुटवलमा शुरु भएको छ । सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे ।

सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले जातीय छुवाछुतलाई संविधानले दण्डित गरेपनि कार्यान्वयनमा कमजोरी भएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताए ।

संविधानसभा सदस्य विनोद पहाडीले सामाजिक न्याय र जातीय विभेदका विरुद्ध संगठित आवाज उठाउन आवश्यक रहेको बताए ।

प्रदेशसभा दीपा विश्वकर्माले संविधानमा उल्लेख भएका अधिकार पनि कार्यान्वयन नभएको भन्दै सरकारलाई दबाब दिनुपर्ने बताइन् ।

दुई दिने सम्मेलनमा दलित महिलाको प्रतिनिधित्व, संविधान कार्यान्वयन लगायतका बिषयमा छलफल हुने र बुधबार नयाँ नेतृत्व सहित घोषणापत्र जारी गरेर सकिने महासचिव रेणु सिंजापतीले जानकारी दिइन् ।

सम्मेलन उद्घाटनमा दलित सशक्तिकरण सम्बन्धी विधेयकको नमूना कानुन समेत मुख्यमन्त्रीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?