+
+

शंकर पोखरेललाई घनश्याम भूसालले दिए बधाई

नेकपा एमालेमा निर्विरोध महासचिव भएका शंकर पोखरेललाई उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनश्याम भूसालले बधाई दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १३:१८

१३ मंसिर, चितवन । नेकपा एमालेमा निर्विरोध महासचिव भएका शंकर पोखरेललाई उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनश्याम भूसालले बधाई दिएका छन् ।

चितवनको सौराहस्थित बन्दसत्र परिसरमा भेट भएको बेला पोखरेललाई भूसालले हात मिलाउँदै बधाई दिएका हुन् । भूसालले ‘बधाई छ कमरेड’ भन्दै हात मिलाउँदा पोखरेलले मुसुक्क हाँस्दै ‘धन्यवाद’ भनेका थिए ।

निर्विरोध भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातिको बन्दसत्रमा पेश गरेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा पोखरेलको नाम महासचिवमा भए पनि भूसाल परेका थिएनन् । त्यसप्रति असन्तुष्टि जनाउँदै भूसालले सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलविरुद्ध भने अन्यको उम्मेदवारी परेको छैन ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यहरु पनि निर्विरोध बनेको निर्वाचन समितिका एक सदस्यले बताएका छन् । निर्विरोध भएकाहरुको सूची औपचारिकरुपमा सार्वजनिक हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?