+
+
Shares

युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

रासस रासस
२०८३ कात्तिक १९ गते २०:५८

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरू राजनीतिबाट टाढिन नहुने बताएका हुन् ।

महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उनले बताए ।

देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताए ।

कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उनको भनाइ छ ।

स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिए । ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?