+
+
Shares

शंकर पोखरेलको आरोप– सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोज्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको आरोप लगाए ।
  • पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्नु गलत भएको बताए ।
  • उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य दलहरूको भएको धारणा राखे ।

२४ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको टिप्पणी गरे ।

उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलहरूको भएको धारणा पनि राखे ।

छिमेकीहरूसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाएर सरकार अगाडि बढेमा त्यसको असर देशको सार्वभौमसत्ता र अस्मितामा पर्ने समेत उनको भनाइ छ ।

पार्टीलाई जनतासँग जोड्नका लागि विगतमा भएका कमकमजोरीहरूलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?