+
+
Shares

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ र भोलि दिउँसो १ बजे फेरि बस्ने बताइएको छ।
  • हिजोदेखि च्यासलमा जारी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छिन्।
  • वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन्。

३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बसेको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे पुन: बस्ने बताइएको छ ।

स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।

वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?