+
+
Shares

एमाले स्थायी कमिटी सुरु, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या भण्डारी पनि बैठकमा

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १३:५०

२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व राष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीतको निर्णय अनुमोदन भएपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा भोलिको स्थायी कमिटी बैठकमा भाग लिने भएकी हुन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?