+
+
Shares

एमाले सांसदहरूलाई ओलीको प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:१९

१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिएका हुन् ।

‘धेरैजसो (सांसदहरू) सहभागी हुनुभएको थियो, अध्यक्षले तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक, निर्देशनात्मक भनाइहरू राख्नुभयो,’ प्रमुख सचेतक ऐन महरले भने ।

उनका अनुसार ओलीले सरकारको समीक्षा समेत गरेका थिए । ‘सरकार फाँसीवादी, स्वच्छचारी र तानाशाही बाटोमा छ,’ ओलीको भनाइ उद्धृत गर्दै महरले भने, ‘भर्खरै उदाएको दल, जो भीमकाय रुपमा छ, उसले लोकतन्त्र र संविधानको भावनालाई पक्रन सकेको छैन ।’

सरकारले जनताको अधिकार कुण्ठित गरिरहेकाले यसबारे आफ्ना सांसदहरूलाई ओलीले सचेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?