+
+
Shares

ओलीको चेतावनी- अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन

‘पुनर्गठन भनेर अध्यक्ष हटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भयो’

अध्यक्ष ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:४४

१३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कडाइ गरिने बताएका छन् । मंगलबार पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अब विपक्षीलाई रमाउनेगरी बोल्नेलाई कारबाही गरिने पनि चेतावनी दिएका छन् ।

‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले कट अफ डेट मानेका छौं,’ अध्यक्ष ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।’

उनले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भएको पनि टिप्पणी गरे । ‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो । यो अपराधपूर्ण क्रियाकलाप हो,’ उनले भने ।

केन्द्रीय कमिटी बैठकअघि भएका यी सबै कुरामा ‘क्षमा भयो’ भन्दै ओलीले अगाडि भने, ‘तर, अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं । यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन ।’

अब लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको पनि अध्यक्ष ओलीले बताए ।

‘दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौं र जित्छौं,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?