+
+
Shares

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएँ : विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि ११ वर्षपछि पार्टी जीवनमा फर्किएको बताइन् ।
  • एमाले स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका रिक्त पदमा मनोनयनबारे सदस्यहरूले सुझाव दिए ।
  • पद्या अर्यालले भण्डारीले लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएको जानकारी दिइन् ।

२३ असोज, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएको बताएकी छिन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएका हुन् । भण्डारीको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्या अर्यालले भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडरिएकाले पार्टीमा आबद्ध भएको जिकिर गरिन् ।

‘म पनि आन्दोलनमा सरिक भएँ, त्यसप्रतिको आघात माया र विश्वास छ, पार्टीमा आवद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्नसक्छु भन्ने मनशायका साथ पार्टीको जीवनमा फर्किएको कुरा बताउनु भयो,’अर्यालले भनिन् ।

अर्यालका अनुसार, भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरुले नै गर्नुपर्ने भन्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि धेरै योगदान गरेकाले पार्टीमा आवद्ध भएर लोकतन्त्रलाई अझै सुदृढ बनाउने चाहना रहेको बताएको जानकारी दिइन् ।

‘आजको बैठकमा मूलभुत रुपमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरुको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धी बैठकका स्थायी कमिटीका सदस्यहरुले आफ्नो सुझावहरु प्रकट गर्नुभयो,’ भण्डारीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘बैठक समापन हुनुपूर्व पार्टीका वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको र आजको मुलुकमा जुन लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिरहेको छ, यसको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए तिनै राजनीतिक दलहरुले नै यसको रक्षा गर्ने हो ।’

बैठकमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरुको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धी बैठकका स्थायी कमिटीका सदस्यहरुले आफ्नो सुझावहरु प्रकट गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?