+
+

आँधीखोलाका पदमबहादुर क्षेत्रीलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:२०

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आँधीखोला गाँउपालिका–६ का पदमबहादुर क्षेत्रीलाई उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मोटरसाइकल दुर्घटना परी अपाङ्गता भएका क्षेत्रीको उपचार तथा जिविकोपार्जनका लागि आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै बैंकले क्षेत्रीले आर्थिक सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वमा आधारित अन्य विविध कार्यक्रम पिन आयोजना गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

ट्राफिक सचेतनाका लागि बोर्ड राख्न बैंकले पार्वतीपुर बजार सामुदायिक संस्थालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यलाय डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका लागि बैंकले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?