+
+
Shares

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जामा सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
  • सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
  • योग्य ग्राहकले बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थपेर ३० वर्षसम्मको आवास कर्जा पाउनेछन्।

१ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।

यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन तथा कानुनी र प्राविधिक परीक्षणका साथै बैंकको प्रचलित नीति तथा मापदण्डका आधारमा उपलब्ध हुनेछ।

मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?