+
+
Shares

मुक्तिनाथ विकास बैंक सीईओ मानन्धरले गरे पदभार ग्रहण

मानन्धरको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले तारा मानन्धरलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
  • मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य र ग्राहक सेवा सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • बैंकले उनको सफल कार्यकालको शुभकामना दिंदै राष्ट्रिय अर्थतन्त्रमा योगदानको विश्वास लिएको छ।

१ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त तारा मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमिटेडमा सीईओ थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वास अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले सीईओ मानन्धरको सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?