+
+
Shares

मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दियो मोटरसाइकल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
  • बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले प्रहरी कार्यालय प्रमुख निरन्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरे।
  • बैंकले यस सहयोगले समाजमा शान्ति सुरक्षा र सुशासन कायम राख्न मद्दत पुग्ने बताएको छ।

३ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।

यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा सहयोग पुग्ने बैंकको भनाइ छ ।

नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने भएकाले यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?