+
+

अब निरन्तर फिल्म खेल्छु : निशा अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:१०

२७ मंसिर, काठमाडौं । अभिनेत्री निशा अधिकारी केही समयदेखि चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । निशाले काम गरेको पछिल्लो चलचित्र ‘पोखराकी काली’ हो । यो चलचित्रमा काम गर्दैगर्दा निशा आमा बनेकी थिइन् ।

अब भने निशा चलचित्र ‘म’बाट कमब्याकको तयारीमा छन् । चलचित्रको शुभसाइत  समारोहमा पुगेकी निशाले अब आफू निरन्तर चलचित्रको काममा लाग्ने बताइन् । उनले भनिन्, ‘अब म निरन्तर चलचित्रमा काम गर्छु । बीचमा पनि मैले चलचित्रमा काम नगरेको भने होइन । यसैले मेरो ग्याप भने भएको थिएन ।’

निशाले चलचित्रमा अभिनयसँगै निर्माणको कामलाई पनि अगाडि बढाउने बताइन् । निशा भन्छिन्, ‘अब जिन्दगीको नयाँ यात्रामा थिए । साढे तीन वर्ष छोरा हुर्काउनमै व्यस्त थिएँ । यो पल निक्कै रमाइलो हुने रहेछ । उसो त म बालबालिकासँग नै बढी रमाउने गर्दछु ।’

नेपाली चलचित्रमा कुनै समय निक्कै चर्चामा रहेकी निशा सन्तान जन्माएपछि भने चर्चामा छैनन् । निशा अब आफू फेरि पहिलेजस्तै चलचित्रमा सक्रिय हुने सोचमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?