+
+

एन्फा कार्यसमितिको बैठक बोलाउन नेम्वाङसहित ७ जनाको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:३५

१ पुस, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहित ७ जनाले एन्फाको कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्का, सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेर बैठक बोलाउन माग गरेका हुन्। उनीहरुले सो पत्र एन्फाको कार्यालयमा दर्ता गराएका छन् ।

लामो समयदेखि कार्यसमितिको बैठक नबसेको उल्लेख गर्दै उनीहरुले फुटबल विकासका विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाउन माग गरेका हुन् ।

‘एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न सकिरहेको छैन। जसले गर्दा फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुन नसक्दा सिङ्गो फुटबल खेलको विकासमा गतिरोध देखापरेको र संघ सञ्चालनमा विधि, प्रक्रिया बिहिन ढंगबाट संचालन भइरहेको छ’ पत्रमा उल्लेख छ ।

आउँदो वैशाखमा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकाले तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा र निर्वाचनका विषयमा छलफल गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ।

फुटबल खेलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजनको लिग र राष्ट्रिय लिग सञ्चालनका बारेमा पनि छलफल गर्न आवश्यक रहेको संयुक्त पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?