+
+

क्यानको खेलाडी छनोट समिति संयोजकले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:३९

८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी छनोट समितिका संयोजक उत्तम कर्माचार्यले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाउँदै बुधबार क्यानको कार्यालयमा राजीनामा बुझाएका हुन् ।

क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाएर सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको केही दिनपछि उनले राजीनामा दिएका हुन् ।

आफू खेलाडी छनोट समितिको संयोजक भएकाले खेलाडीका बारेमा निर्णय गर्दा आफूसँग परामर्श गर्नुपर्ने कर्माचार्यले निकटस्थहरुसँग बताउने गरेका छन् । उनले कप्तान नियुक्त गर्नु बोर्ड बैठककै अधिकार भए पनि प्रक्रिया नमिलाइएको बताउँदै आएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा आफूले कप्तान छनोटको विषयलाई लिएर राजीनामा नदिएको बताए । ‘क्यानको साधारणसभामा भाग लिनुपर्नेछ, त्यसैले राजीनामा दिएको हुँ’ उनले भने ।

पुस १४ गते हुने साधारणसभाबाट क्यानले खाली रहेको उपाध्यक्ष र सचिव चयन गर्दैछ । कर्माचार्यले आफूले सचिवमा दावी गर्ने बताएका छन् । ‘दुईतिर खुट्टा राख्नु ठीक हुन्न भनेर छनोट समितिबाट राजीनामा दिएको हुँ’ कर्माचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?