+
+

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १६:००

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको छ ।

प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जस अनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई संयोजक तोकिएको छ ।

सल्लाहकार समितिको दुईवटा समूह बनाइएको छ र संयोजकमा नन्दकुमार थापा तोकिएका छन् । त्यस्तै सातवटा भौगोलिक प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।

प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाएका छन् ।

सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् ।

जनवर्गीय मोर्चाहरुको समूह बनाई त्यसको संयोजकमा अमृता थापा तोकिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?