+
+
Shares

मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाईन नगरपालिका–७ हैठीमा स्याललाई ठक्कर दिएको मोटरसाइकल दुर्घटनामा अग्निसाइर कृष्णासवरणका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको छ।
  • सिरहाको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय राजीव पासवानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • सप्तरीमा भएका थप दुर्घटनामा दुई मोटरसाइकल दुर्घटना, भारतीय कारको ठक्कर र नहरमा खस्दा तीन जना घाइते भएका छन्।

३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मल्हनियाँका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका मियाँको उपचारका क्रममा निधन भएको हो ।

मोटरसाइकलको पछाडि सवार उनका २२ वर्षीय छोरा मो. नजामुल मियाँ भने घाइते भएका छन् ।

त्यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ ।

चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको म.प्र.०१–००५ प ५६७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बलान बिहुल गाउँपालिका–२ चन्हीका २० वर्षीय राजीव पासवान घाइते भएका थिए ।

उनको उपचारकै क्रममा आइतबार दिउँसो  १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा प्रहरीले जनाएको छ ।‎

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

‎यसैगरी बोदेबर्साइन नगरपालिका वडा नम्बर–७  हैठीस्थित हुलाकी सहाय खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बोदेबरसाईन नगरपालिका वडा नम्बर– १० श्रीपुरका मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय विजय मण्डल र पछाडि सवार २१ वर्षीय राम प्रकाश साह घाइते भएका छन् ।

‎यस्तै, सप्तकोशी नगरपालिका–११ भगनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् ।‎ फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको भारतीय कारले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको हो ।‎

‎ठक्करबाट सप्तकोशी नगरपालिका–११ भगनीका करिब ५० वर्षीय दनाई सदा घाइते भएका हुन् ।

त्यसैगरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ बग्दुवामा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवक गम्भीर घाइते भएका छन् ।‎‎

‎महुलीबाट लोहजरातर्फ जाँदै गरेको प्रदेश १–२०४५ प ९८४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको नहरमा खसेर दुर्घटना भएको हो ।

‎सो दुर्घटनामा मोटरसाइकल चालक तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय छोरा शैलेश कुमार साह घाइते भएका छन् । ‎

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?