+
+
Shares

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको छ ।
  • घटनामा खोटाङ घर भएका मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् ।
  • प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?