+

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण

२०८३ भदौ  २४ गते १०:५२ २०८३ भदौ २४ गते १०:५२
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको किष्ट शिक्षण अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण भदौ २ गते सफलतापूर्वक सम्पन्न भएको छ।

२४ भदौ, काठमाडौं । ललितपुरस्स्थित किष्ट शिक्षण अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ ।

यही भदौ २ गते बालिकाको शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । बालिकालाई उनकी ३३ वर्षीया आमाले कलेजो दान गरेकी थिइन् ।

अस्पतालका अनुसार विल्सन रोगका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बालिकालाई अस्पताल ल्याइएको थियो । विल्सन भनेको शरीरमा तामाको मात्रा जम्मा भई उत्पन्न हुने एक दुर्लभ अनुवांशिक रोग हो।

करिब एक महिनासम्म विशेषज्ञ चिकित्सकहरूले संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजो दाता आमा केहीदिन अघि नै डिस्चार्ज भएकी थिइन् भने बालिकालाई आज डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

कलेजो प्रत्यरोपण बालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?