+
+

यू-१९ एसिया कप : कुवेतलाई नेपालले दियो २४० रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १४:३४

१३ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर  २३९ रन जोडेको हो ।

नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले १५ रन जोडे ।

त्यस्तै अर्जुन साउदले १०, गुल्सन झाले ७, सन्तोष कार्की र देव खनालले समान ५ रन जोडे ।

यसअघिका दुई खेलमा लगातार हार व्यहोरेपछि नेपाली टोली समूह चरणबाट बाहिरिसकेको छ । मंगलबार कुवेतसँगको खेल प्रतिष्ठाको खेल मात्र हुनेछ । समूह बी बाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?