+
+

प्रचण्डको गुनासो : हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:२३

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको दुखेसो गरेका छन् ।

बुधबार केन्द्रीय कमिटीको पहिलेा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताए ।

बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यो । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्‍यो ।’

प्रचण्डले अघि भने, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?