+
+

सनराइज बैंकले सञ्चालनमा ल्यायो सम्पूर्ण बचत खाता योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:२६

काठमाडौं । सनराइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । सनराइज सम्पूर्ण बचत खाता योजनामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् ।

उक्त खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् ।

यस बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बिमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बिमा सुविधा पाउने छन् ।

बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?