+
+
Shares

काठमाडौं बाहिर कम्तीमा तीन ठूला शहर चाहियो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १६:१५

२२ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीबार लगानी बोर्डको बैठकमा अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुन् ।

उनले काठमाडौंबाट बाहिर निस्किएर दूर-दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानुपर्ने बताएका हुन् । अहिले काठमाडौं बाहिर कम्तीमा तीन वटा ठूला शहरको निर्माणको आवश्यकता रहेको उनको भनाइ छ ।

‘काठमाडौं शहरको नयाँ भर्सन चाहियो । दूर-दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगमा लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । ्

उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाअघि सार्न लगानी बोर्डलाई आग्रह गरे । जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । उनले बूढीगण्डकी, अपर-अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा ध्यान दिन भनेका छन् ।

उनले काठमाडौं-पोखरा-लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । यसमा अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्‍यो’, उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?