+
+

अफ्रिकन कप : कोभिड समस्या भए पनि मैदानमा टिम उतार्नै पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १०:१६

२५ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो र वर्ष २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता अफ्रिकी कप अफ नेसन्स आजदेखि क्यामरुनमा सुरु हुँदैछ ।

प्रतियोगिगता सुरु हुनुअघि एउटा कडा नियमसमेत बनाइएको छ । अहिले सबैभन्दा ठूलो मुद्दाको रुपमा रहेको कोरोना भाइरस संक्रमणले जस्तै ठूलो समस्या पारेपनि सहभागि देशले खेल्नैपर्नेछ ।

यदी कोरोनाले गर्दा ११ जना मात्र खेलाडी उपलब्ध रहेपनि खेल्नुपर्ने भएको छ ।

अफ्रिकी फुटबल महासंघ (सीएफ) ले नयाँ गाइडलाइन्स बनाउँदै ती ११ जनामा गोलकिपर नभएपनि खेलाउनुपर्ने जनाएको छ । उपलब्ध ११ खेलाडीलाई जसरी पनि मैदान उतार्नुपर्नेछ ।

यदी कुनै टिमले कोरोना भाइरस संक्रमणका कारण मैदानमै उतार्न सकिएन भने विपक्षी टिमलाई २-० को जित प्रदान गरिनेछ ।

अधिकांश टिमले आइतबारको प्रतियोगिता सुरु हुनुअघि कोभिड केसको बारेमा रिपोर्ट गरेपछि यस्तो गाइडलाइन्स आएको छ ।

यदी कुनै टिमले ११ जना खेलाडी मैदान उतार्न सकेन भने सिएफले त्यस्तो विषम परिस्थितिमा आवश्यक निर्णय गर्ने जनाएको छ ।

शुक्रबार मैदान क्याम्पमा कोरोना भाइरस केस देखिएपछि इजिप्टले क्यामरुन प्रस्थानमा ढिलाई गरेको थियो । सर्वाधिक ७ पटक उपाधि जितेको इजिप्ट शनिबार मात्र क्यामरुन गएको थियो ।

यस्तै गाबोनका पिएरे एमरिक ओबामेयाङ पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यस बाहेक अन्य केही देशका खेलाडी पनि कोरोना संकमित भइसकेका छन् ।

सिएफको नयाँ गाइडलाइन्स आएपछि अब के बुझ्न सकिन्छ भने प्रतियोगिता कुनै पनि हालतमा रोकिने छैन ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह्य ए अन्तर्गत घरेलु टोली क्यामरुन र बुर्किनाफासोबीच स्टेड ओलेम्बेमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?