+
+

जोकोभिकलाई अष्ट्रेलियाको भिसा दिन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:५७

२६ पुस, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई भिसा दिन अष्ट्रेलियाको एक अदालतले आदेश दिएको छ ।

सोमबार न्यायाधीश एन्थोनी केलीले रद्द गरिएको जोकोभिकको भिसा दिन र अध्यागमनको नियन्त्रणबाट ३० मिनेटभित्र मुक्त गर्न आदेश दिएका हुन् । त्यस्तै, उनको राहदानीसहित यात्रासम्बन्धी अन्य कागजात फिर्ता गर्नसमेत केलीले जारी गरेको आदेशमा भनिएको छ ।

यसअघि कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै अष्ट्रेलिया सरकारले जोकोभिकको भिसा रद्द गरेको थियो । बिहीबारदेखि उनलाई अध्यागमनको नियन्त्रणमा राखिएको थियो ।

तर, न्यायाधीशले भिसा रद्द गर्ने निर्णय उल्टाइदिएपछि उनी आउँदै गरेको अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा सहभागी हुने बाटो खुलेको छ । २० पटक ग्राण्ड स्लामको उपाधि जितिसकेका उनले थप कीर्तिमानका लागि खेलमा फर्कन पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?