+
+

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन- एटीएमको ढोका खुला राख्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १८:१५

२६ पुस, काठमाडौं । कोभिड-१९ संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न निर्देशन दिएको छ ।

सोमबार बैंकहरुलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंकका शाखा कार्यालयहरुमा भौतिक दूरी कायम गर्न भनेको छ भने संक्रमण सर्न सक्ने भन्दै एटीएमका ढोकाहरु खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बेंकले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यमबाट सम्पन्न गराउन समेत भनेको छ ।

सेनिटाइजर तथा मास्क अनिवार्य गरेर उच्च सावधानीका साथ सेवा उपलब्ध गराउन बैंकहरुलाई भनिएको छ ।

कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले मंगलबारदेखि विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ भने २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative