+
+

डोटीमा असिनाले तरकारी र हिउँदेबाली नष्ट

रासस रासस
२०७८ पुष २८ गते १२:२२

२८ पुस,डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायत साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार-४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?